ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।
साथै उनले यसका योजनाकार को हुन र कोको संलग्न छन भन्ने विषयमा सरकारले छानबीन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले समाज विथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको भनाई छ ।
साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।

सेयर गर्नुहोस्