काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले राजावादी हुँ भन्दैमा गणतन्त्रवादीहरुलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई नभएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मच्चाउने, आगजनी गर्नेहरुलाई बल पुग्ने गरि गणतन्त्रको संसदले कोही कसैलाई पनिअनुमती नदिएको भन्दै यस्तो विरुद्धमा उभिने बताए।
यसको साथै, प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमती लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमती संसदको नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गरेका छन् ।
