यो दुई तिहाईको सरकारले मलाई जिउदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।
सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधनगर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगत भए सम्म पछि नहट्ने बताए ।
त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिला अझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरे । जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए ।
उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिला अझै सकिएको छैन,तर कुनै दिनपनि हार मानेको थिइन,कहिल्यै हार मान्नेवाला पनि छैन् ।जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।

सेयर गर्नुहोस्