वाणिज्य विभागले एक्सन लिदा सिमेण्टको भाउ घट्यो

काठमाडौं । सरकारले पटकपटक गरेको पहलका कारण अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् ।
उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरुले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएकाहुन् । विभागले अनुगमनलाई तिव्रता दिनुका साथै देशभरिका ठुला स्टिल र फलाम उद्योगहरुबाट आफ्नो उत्पादन लागतको विवरण पेस गर्न पत्राचार गरेको छ । यसै समयमा लोडसेडिङ्गको समय घटेका कारण समेत सिमेण्टको मुल्य घटेको हो ।
देशभरिका सबै उद्योगलाई यही चैत २० गतेभित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्राबिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको उनको भनाई छ ।
सिमेन्ट र स्टिल उद्योगहरुबाट उत्पादन लागतको विवरण आइरहेको विभागले जनाएको छ । अहिले जम्मा २६ वटा स्टिल उद्योग तथा ३२ वटा सिमेण्ट उद्योग सञ्चालनमा रहेका छन् ।
केहिदिन अघि अनुगमन गरी कारवाही समेत गरेको विभागले चैत २१ देखि हाम्रो कडा अनुगमन गर्ने जनाएको छ । एमआरपी नलेखिएका सबै वस्तु बरामद गरेर तिनका उत्पादकलाई कारबाही गर्ने विभागको भनाई छ ।
सिमेन्ट उद्योगहरुले मंसिरयता पटक पटक गरी बोराको २सय बढी रुपैयाँसम्म बढाएको उपभोक्ताको गुनासो आएपछी उद्योग मन्त्री भण्डारीकै समन्वयमा उद्योगीहरुले मुल्य घटाएका थिए ।

सेयर गर्नुहोस्