एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपालीबजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख७४ हजार ५०० रुपैयाँ कायम भएको छ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य७० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको हो ।

सेयर गर्नुहोस्