सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएको छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताए ।
त्यस्तै उनले आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास ,व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको बताए । समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्युनिकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ ।

सेयर गर्नुहोस्