आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।
यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा बदली रहीबाँकी भूभागमा मौसम मूख्य तया सफा रहनेछभने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।त्यस्तै, रातिमा भने देशभर मौसम मूख्यतया सफा रहनेछ ।

सेयर गर्नुहोस्