नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितमा अडिक रहेर स्वाभिमानको रक्षागर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा सम्वद्र्धन, भूगोल एवम स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताएकाहुन् ।
सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षागर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए ।उनले प्रकृतिका हिसावले अगाडि भएपनि विकास निर्माणका पक्षहरुमा नेपाल पछाडि नै रहेको बताए ।
यसैगरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए ।उनले ३०÷३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए ।

सेयर गर्नुहोस्