आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको जलतथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको र विशेष गरी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज रातीभने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहीबाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन विभागले अनुरोध छ।

सेयर गर्नुहोस्