हतकडी लगाएर दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं

काठमाडौं । राजावादीहरुले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।
प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ पछि काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको जहाज मार्फत शुक्रबार काठमाडौं ल्याइएको हो ।
भारतबाट नियन्त्रण गरिएका उनलाई आजै बिहान काँकड भिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो ।त्यसपछि हतकडी सहित भद्रपुरको विमानस्थल पु¥याइएको थियो ।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईं भारतको आसाम पुगेका थिए ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा बिहीबार भारतको आसाम प्रहरीको सम्पर्कमा पुगेका थिए ।

सेयर गर्नुहोस्