प्रचण्डको अभिव्यक्ति प्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
साथै माओवादी अध्यक्ष प्रचण्डले आइतबार चितवनमा नयाँ वर्ष सँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ ।

सेयर गर्नुहोस्