राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो ।
प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।
उनले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने गतिविधि सह्य नहुने बताएका हुन् ।
यस्तै, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।
गत चैत १५ गते काठमाडौंको तीन कुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायतप क्राउ परेका थिए ।

सेयर गर्नुहोस्