गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालक सहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त

इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ । फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको ज्यान गएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिमबहादुर दाहालका अनुसार दुर्घटनामा जिपचालक फुङलिङ घर भएका गाडी चालक दुर्गा भट्टराई, ललितपुर घर भएकी आध्याआचार्य, झापा भद्रपुरका विनोद पौडेल र सरिता पौडेलको ज्यान गएको हो ।
यसैबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईंटेलले जनाएका छन् ।
यसैगरी धनकुटामा ईभी गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका–५ देवीथानमा इटहरी तर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा एकको अवस्था गम्भीर रहेको ट्राफिक कन्ट्रोल इटहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्