काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते काठमाडौंमा ‘युथ सेलिब्रेशन’विशेष कार्यक्रमको आयोजना गर्दैछ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’विशेष कार्यक्रम गर्न लागेको एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका हुन् ।
यस्तै, उनले लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने पनि बताए ।
यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ ।
उनले भने, ‘अब यो देश निर्माण गर्ने हामी युवाको पालो हो र अब दशे बनाउछौ भन्ने संकल्पका साथ अगाडि बढ्ने घोषणाका साथ यो सेलिब्रेशन गर्दै छौ ।हामी सबै युवाहरुको आवाज लोकतन्त्र जिन्दावाद । यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र छ ।’
