काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
साथै, उनले शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो तर त्यो नभैइरहेको बताए । उनले राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा सरकार मुक दर्शक बनिरहेको बताए ।
