भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ नयाँ भ्रष्टाचार काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ आइराखेको बताएका हुन् ।
उनले भने, ‘देश अस्त व्यस्त अवस्थामा छ । एक महिना हुन लागि सक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरुको आन्दोलन र कर्मचारीहरुको पनि तयारी हुन गैइराखेको छ ।नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्म लोडको कथा बजारमा छर्लङ आइराखेको छ ।’
साथै,उनले भ्रष्टाचार काण्डहरु ओझेलमा पार्नको लागि यो सरकारले राजा वादीहरुले अस्थिरता ल्यायो देशमा भनेर आरोप लगाइरहेको बताए ।उनले सदनमै पनि राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको समेत बताए ।

सेयर गर्नुहोस्