सरकारले ‘राज्य आंतक’मच्चायो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’मच्चाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लंघन भएको समेत बताए ।
साथै उनले पोखरामा बेलुन पड्किँदा सम्म न्यायिक छानविन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे ।
उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनःअधिकार यदी राज्यले नै दिएको हो भने आफूहरु पनि सत्तामा पुग्ने बताए ।

सेयर गर्नुहोस्