रविन्द्र मिश्र थुनामुक्त

काठमाडौ । राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासतमुक्त हुने भएका छन् ।
न्यायाधीश तील प्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।उनि गत चैत्र १५ गते राजावादी आन्दोलनमा पक्राउ परेका थिए ।

सेयर गर्नुहोस्