काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् ।
सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौती पूर्ण भएता पनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४मा एमालेको एकल बहुमत ल्याउने गरी तयारीमा जुटिरहेको बताए ।
त्यस्तै उनले आफूहरु व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिरहेको दाबी गरे । विपक्षीहरुले जनतामा भ्रमछर्न खोजेको भन्दै त्यसलाई बुझेर आफैं त्यसका विरुद्ध लाग्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले उनले एमाले पार्टी र आन्दोलन एक दिनको भुल्को नभएको भन्दै कुनै एउटा चटके कुरा गर्दिएर हाहा..हु.. गर्ने जमात पनि नभएको बताए ।
