भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छःसांसद पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए।
यस्तै, उनले अख्तियारले मुख्य आरोपित भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए ।


उनले भने, ‘यत्रो ठूलो खेल राजनीतिक संरक्षक बिना गर्न सकिदैँन् । अख्तियारले मुख्य आरोपित भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ । यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजीछाडि कसरी पठाउनु भयो के साच्चि मन्त्री ज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो ।’

सेयर गर्नुहोस्