संसद बाहिर सत्तापक्षले गृहमन्त्रीको बचाउँ गर्दा प्रतिपक्षले उठाए कार्यशैलीप्रति प्रश्न

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री बोल्न जाने क्रममा प्रमुख प्रतिपक्षले देखाएको कार्यशैली दुखद भएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक पश्चात उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारे जवाफ दिन्छु भन्दापनि भएको अवरोध दुखद भएको भन्दै यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य नभएको बताएका हुन् ।
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको भन्दै यस्तो तथ्यांकहरु नजर अन्दाज गर्न नहुने बताए ।
भोली संवैधानिक प्रक्रिया अनुसार बजेट रहेको भन्दै त्यसलाई अवरोध नगर्ने पनि उनको भनाई छ ।

सेयर गर्नुहोस्