भिजिट भिसा प्रकरणमा दोषीलाई नछाड्ने पार्टीको स्पष्ट धारणा : गगन थापा

 

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् ।
कांग्रेस धरान उपमहानगरपालिकाको आयोजनामा भएको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले राज्यका जिम्मेवार निकायबाटै नागरिक पीडित हुनु गम्भीर विषय भएको बताए। उनले कांग्रेसको स्पष्ट धारणा‘दोषी जो भएपनि कारबाही, निर्दोषलाई सुरक्षा’ रहेको बताए ।
गृहमन्त्री रमेश लेखक माथि अनुसन्धान भइरहेकाले निष्कर्ष ननिस्कँदासम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए। थापाले पार्टीले कानुनी प्रक्रियामा हस्तक्षेप नगर्ने र दोषीलाई उन्मुक्ति नदिने दृढता व्यक्त गरे । राज्यको जिम्मेवारीमा रहेको अधिकारीहरूबाट अख्तियारको दुरुपयोग गरेर भिजिट भिसाको नाममा जुन खालको सार्वजनिक भएको छ, यो सुन्दै गर्दा हामी स्तब्ध भएका छौँ,’उनले भने ।

सेयर गर्नुहोस्