प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

काठमाडौं । प्रतिनिधि सभाकोबैठक बस्ने समय परिवर्तन भएको छ ।
मंगलबार विहान ११ : ०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभानियमावली, २०७९ को नियम ६ को उपनियम(२) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन् ।

सेयर गर्नुहोस्