काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ ।मंगलबार २ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
मंगलबार दिउँसो सूचना जारी गर्दैअर्को बैठक जेठ २१ गते बुधवार दिनको १बजे बस्ने भएको हो ।
‘आजै दिनको बजे बस्ने गरी सूचना प्रकाशित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८२ साल जेठ २१ गते बुधवार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा लेखिएको छ ।
