नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवद्र्धनमा योगदानको अपेक्षा

काठमाडौं। तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ । काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ।
वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री साहीले पर्यटन क्षेत्रमा यस्तो रिसोर्टको ठूलो सम्भावना रहेको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वनमन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सह् िउपयोग गर्दे यसलार्य पर्यटन क्षेत्रसंग जोड्नु पर्ने बताए । उनले नेपाल विश्व पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको भन्दै नीजि क्षेत्रले गर्ने लागानीलाई सरकारले प्रोत्साहन गर्नुका साथै लगानीमैत्री वातावरण बनाउन लागि परेको बताए ।


सो अवसरमा स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए ।
नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा बिवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अबसरका लागि भौतारिरहेको उनको भनाई थियो ।
नागार्जुन रिसोर्टमा हाल ६५ वटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। रिसोर्टका व्यवस्थापक अभिषेक विक्रम शाहका अनुसार, यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसनयुक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन्।

प्राकृतिक सुन्दरताको बीचमा शान्त वातावरणमा आराम गर्न चाहने सबैका लागि यो रिसोर्ट आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ। रमणीय वातावरण, हरियाली, स्वच्छहावा र आधुनिक पूर्वाधारले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ सञ्चालनमा आएको नागार्जुन रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्