लगातार कामको चापले आफू थकितछु :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जामा लेख्दै उनले थकित भएकाले हिजो (बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् ।
‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ ।हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो साता सम्मपनि धान रोपाइँहुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँर स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। ऋाज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’
प्रधानमन्त्री ओलीले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीपुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरि प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडक खण्ड रौजास्थित रातुखोलामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम समेत छ।
प्रधानमन्त्रीले बाराको परवानीपुर गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटनर सभालाई सम्बोधन गर्ने समेत कार्यक्रम तय भएको जनाएका छन् ।

सेयर गर्नुहोस्