काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब केवल भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन् ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
सभापति देउवाले प्रविधिको पहुँचले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा प्रवाहमा सघाउ पु¥याएको बताए।‘घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ र प्रविधि मैत्री योजनाहरूले जनताको जीवन शैली सरल र समावेशी बनाउँदै ल्याएका छन्,’उनले थपे ।
