काठमाडौं । केहि दिनयता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो ।
ब्यूरोले जोन डोइ (सांकेतिकनाम) ले सामाजिक संजाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको बिश्लेषण गर्नको निम्ति नेप्से एआइ नामक एप डाउनलोड गर्दा उनको खातामा भएको २८ लाख ६१हजार रुपैयाँ रकम अन्यत्र खातामा सारिएको घटना लगायत अन्य ठुलाठुला घटनाहरु घटिरहेको जानकारी दिएको छ ।
