पूर्वाञ्चल विश्वविद्यालयलाई एम बी बी एस सञ्चालनको अनुमति

विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठ गाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमता सहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।
यो उपलब्धि विश्वविद्यालयको इतिहासमा एक महत्वपूर्ण मीलका पत्थरका रूपमा रहेको जनाइएको छ। लामो समय सम्मको असफल प्रयासपछि सुन्दर हरैचावासीको निरन्तर आवाज, प्रदेश बासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो ।
ओझाले यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि एक वास्तविक ‘गेम चेन्जर’ हुने दाबी गरेका छन् ।

सेयर गर्नुहोस्