सुन चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्यपनि आज बढेको छ । आइतबार २३ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ ।

सेयर गर्नुहोस्