इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
जेन जी आन्दोलनको क्रममा प्रहरीले गोलीचलाउँदातीनजना घाइते भएका थिए भने ती मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

सेयर गर्नुहोस्