संचारमन्त्री गुरुङ निवासमा आगजानी

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
मंगलबार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको नीजि निवासमै गएर ढुंगामुढा र आगजनीगरिरहेका छन् ।
यसपछि उनीहरु देउवा निवास बुढानिलकन्ठ मा पनि तोडफोड भईरहेको समाचार प्राप्त भएको छ ।

 

सेयर गर्नुहोस्