तनहुँमा दुई महिला मृत फेला

तनहुँ । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–३ देउरालीनगरस्थित सेती नदीमा अन्दाजी ५५/६० वर्षीया वृद्धा र व्यास–१ तालघरेस्थित बुल्दीखोलामा अन्दाजी ३०/३५ वर्षीया महिला मृत अवस्थामा भेटिएका हुन् ।
दुवैको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको र सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्