जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहित घोषणा गरिनुपर्छ

काठमाडौं । जेनजी समूहले आब्हान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा मृत्यु भएको जेनजीहरुको परिवारहरुले न्यायको माग गरिरहेका छन् ।
शुक्रबार काठमाडौंमा हामीलाई न्यायचाहियो भन्ने नाराका साथउनीहरुले न्यायको माग गरेका हुन् ।
भदौ २३ गते राज्य पक्षद्वारा क्रूरतापूर्वक अन्दाधुन्दा गोली चलाउँदा एकै दिन १९ जनाको मृत्यु भएको थियो ।
सोही क्रममा एक जना मृतकको परिवारको सदस्य रत्न माया महर्जनले मृत्यु भएका युवाहरुलाई सहिद घोषणा गरेर क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । उनीहरुले माग पूरा भएमात्र शव बुझ्ने बताए ।
साथै, अर्का पीडित कमल सुवेदीले भने जेनजीहरुप्रति आक्रोस पोखेका छन् । उनले अहिले देशको नेतृत्व कसलाई दिने भन्ने कुराको छलफलमा रगत बगाउनेहरुको खोजी समेत पनि नभएको बताए ।
यसको साथै, मृतक उमेश महतको दिदी सुमित्रा महतले आफ्ना भाइको मृत्यु भएकामा दुःख पोख्दै यस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने कामना गरेकी छन् । आफ्नो भाइको बलिदानलाई खेर जान नदिन पनि उनले आग्रह गरेकी छन् ।

सेयर गर्नुहोस्