पर्यटनको सिजनमै आन्दोलनको मारमा ठमेल

काठमाडौं ।सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ ।कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनःप्रभावित भएको छ ।
जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन् ।
चाडपर्वको मौसम घुमघामका लागि उपयुक्त हुने भएकाले हिमाल चढ्न र ट्रेकिङमा जाने विदेशी पर्यटकहरुका कारण खचाखच हुने गरेको थियो । तर नेपालको अस्थिर राजनीतिका कारण पर्यटकहरुले होटल र ट्रेकिङको बुकिङ समेत क्यान्सिल गर्न थालेको व्यवसायीहरु बताउँछन् ।
केही दिनयता जेन–जी आन्दोलनका नाममा भएको विध्वंशले नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर परेको छ ।त्यसको मारमा परेको छ ठमेल र दरबारमार्ग क्षेत्र ।
तर ठमेलका व्यापारीहरुका मनमा आज होला कि भोलि होला भन्ने आश मारेका छैनन् ।कोभिडपछि व्यापार व्यवसाय फस्टाउनै नसकेको व्यवसाय थोरै राम्रो होला जस्तो थियो तर आन्दोलनका कारण व्यवसाय ओरालो लागेको ठमेलका कपडा पसले जीवन रुवाली बताँउछन् ।
त्यस्तै उनले नेताहरुका कारण देशमा भ्रष्टाचारले सिमा नाघेका कारणले पनि युवाहरुले युवाहरु आक्रोशित भएर हालको अवस्था सिर्जना भएको उनको बुझाइछ ।
त्यस्तै अर्का कार्गो व्यवसायी दिनेश आचार्यले माओवादीको द्वन्द्वदेखि नै व्यवसायीहरु मर्कामा परिरहेको बताउँछन् ।उनले आज होला भोली होला भन्दा भन्दै दशक वितेपनि व्यवसायमा सुधार नभएको गुनासो गरे ।
पर्यटन क्षेत्रमा भर्खरै मात्र सिजन सुरु हुन लागेको बेला निषेधाज्ञा भएकाले पर्यटन व्यवसायीलाई कठिनाई भएको बताए ।

सेयर गर्नुहोस्