सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपामाओवादी केन्द्रकावरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।
माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममाउनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनिजलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनिहालतमा छुट दिननसक्ने बताए ।
उनले भने, ‘सबै ध्वस्तहुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनिहालतमा छुट दिन सक्दैनौ ।’
यस्तै, उनले माओवादी अब जेनजीको मुद्धासँग मिलेर, आन्दोलनको उपलब्धीहरुलाई सफलपार्न अगाडि बढ्ने पनिबताए ।
उनले भने, ‘अब हामीले जे संकल्प गरेका थियौं कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनगठन गरेर हामीत्यो लक्ष्यमा जान्छौ । जेनजीको मुद्धासँग मिलेर, त्यो आन्दोलनकोउपलब्धीहरुलाई सफलपार्न हामी अगाडि बढ्छौ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्छौ ।’

सेयर गर्नुहोस्