जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् ।
मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए ।
यस्तै, उनले देशलाई सहि दिशातर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए ।
आगामि दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ ।

सेयर गर्नुहोस्