काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सयौं नीजि तथा सार्वजनिक गाडीहरु जलाइएका छन् ।
तर पूर्ण रुपमा जलेका अधिकांश गाडीहरुको नम्बर प्लेट भने जस्ताको त्यस्तै देखिएका छन् । नम्बर प्लेटमा राखिएका अंकहरु पनि मेटिएका
छैनन् ।
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार पूर्ण रुपमा गाडी जलेपनि नम्बर प्लेट भने जस्ताको त्यस्तै रहेका प्लेटहरु प्रायः सबै ‘इम्बोस्ट’ नम्बर प्लेटहरु हुन् ।
उनले विशेष प्रविधिबाट इम्बोस्ट नम्बर प्लेट बनाइने भएका कारण इम्बोस्ट नम्बर प्लेटमा भएको अंक नमेटिने र नजल्ने जानकारी दिए ।
उनको अनुसार पूराना नम्बर प्लेट, धातु प्लेट माथिबाट, रातो अथवा सेतो कलर गरिन्छ । जसको कारण मेटिता अथवा जल्दा इनामेल मेटिन्छ । इनामेल जल्यो भने स्वतः अक्षर पनि मेटिन्छ, किनभने प्लेटमाथि अक्षरले लेखिएको हुन्छ ।
उनले भने नर्मलमा अव धातु प्लेट माथिबाट कलर गरिन्छ। रातो अथवा सेतो कलर गरिन्छ। त्यसपछि मेटिन्छ । मेटिंदा वा जल्दाखेरी के हुन्छ भने इनामेल मेटिन्छ। इनामेल जल्छ । इनामेल जल्यो भने स्वतः चाहीं अक्षर पनि मेटिन्छ । किनभने त्यो खाले प्लेटमाथि अक्षरले लेखिएको हुन्छ।’

किन जल्दैन् इम्बोस्ट नम्बर प्लेट ?
निर्देशक तिवारीले विशेष प्रविधिबाट इम्बोस्ट प्लेटलाई कुच्याएर कुनै भाग उठाउने र यसलाई कुच्याएर अंकको शेप दिइने भएको कारण प्लेटहरू जलेपनि अंगहरु देखिने स्पष्ट पारे ।
त्यस्तै उनले इम्बोस्ट नम्बर प्लेटमा कति नम्बरको गाडी जल्यो भन्ने कुरा पत्ता लगाउन सकिने सकारात्मक पक्ष रहेको बताए । नविनतम र फरक टेक्नोलोजीबाट इम्बोस्ट नम्बर प्लेटको निर्माण गरिएको उनको दाबी छ ।
साथै, उनले इम्बोस्ट नम्बर प्लेट धातुमै खोपेर, मेसिनले नै कुच्याएर बनाइने भएको हुनाले अक्षर मेटिने भन्ने हुँदैन तर पूरानो नम्बर प्लेटमा भने रङ लेखेको भएर मेटिनसक्ने बताए ।
उनका अनुसार गाडी जल्दा नम्बर प्लेट नजल्ने भन्ने त हुँदैन् । जल्दा दुईवटै जल्छन् तर कति टेम्परेचरमा जल्ने भन्ने विषय भने हुन्छ ।
उनका अनुसार दुई किसिमको नम्बर प्लेट हुन्छ । इम्बोस्ट गरेको फरक हो, पूरानो जडान गरेको फरक टेक्नोलोजी हो। जल्दा दुईवटै जल्छन्। कति टेम्परेचरमा जल्ने हो त्यसमा निर्भर हुन्छ।
इम्बोस्ट नम्बर प्लेट जलेपछि पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैँन् ?
इम्बोस्ट नम्बर प्लेट जलेर गइसकेपछि फेरि प्रयोग गर्न मिल्दैन, वान टाइम प्रयोग हुन्छ तर यदि नासियो, दुर्घटना भयो भने परिवर्तन गर्न भने मिल्ने पनि उनको भनाइ छ ।

