जेनजी पुस्ताको आन्दोलन सफल भएको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन् ।
उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए ।
साथै उनले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणाली अन्तर्गत मतदान गर्न दिने विषयमा पनि विशेष जोड दिए।
गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागी मूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको स्पष्ट पारे ।

सेयर गर्नुहोस्