काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गतभदौ २३ र २४गते जेनजीको प्रदर्शनका क्रममा चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा मन्त्रालयले उल्लेख गर्दै तत्काल फिर्ता गर्न आग्रह गरेको हो ।
यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खा लगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ ।
उक्त तोडफोड र चोरीमा संलग्नहरूको सिसी टिभी फुटेज मार्फत पहिचान गर्ने कार्य भइरहेको छ । मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वाप्राप्त गरेको भएती सामग्री, मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ ।
अन्यथा मन्त्रालयले प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।
