काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भएपनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए ।
उनले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे । उनले स्थानीय, प्रदेश र संघीय सरकारहरूले विभिन्न माध्यमबाट पर्यटकीय गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।
सचिव मैनालीले निजी क्षेत्रसँगको निरन्तर संवाद र सहकार्य पर्यटन प्रवद्र्धनको प्रमुख आधार भएको भन्दै मन्त्रालय सधैं सकारात्मक वातावरणमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।उनले नीतिगत संवाददेखि अन्य सबै कुरामा निजी क्षेत्रको साथ र समर्थनलाई आफूले उच्च मूल्यांकन गरेको समेत उल्लेख गरे ।
निजी क्षेत्रले सार्पोटिभ वातावरणमा मन्त्रालयसँग नीतिगत सम्वाद लगायत हरेक कुराको मैले उच्च रुपमा मूल्यांकन गरेको छु ।’
