काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् ।
बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आलोचना गरेका हुन् ।
ओलीले आफूहरूले कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पार्दै छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढंगले अगाडि बढ्ने बताए ।
भ्रष्टाचारको आरोपप्रति पनि ओलीले तीव्र प्रतिक्रिया जनाए। उनले भने, ‘भ्रष्टाचार ग¥यो भनेर हल्ला गरेर हुँदैन। कहाँ, केमा ग¥यो, केमा घुस खायो? यस्ता कुरा अफवाह मात्र हुन् ।’
साथै उनले अहिलेको सरकारले केही नेताहरूको पासपोर्ट रोक्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले त्यसप्रति पनि आपत्ति जनाए।
ओलीले देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूले नै लिएको दोहो¥याउँदै संवैधानिक, लोकतान्त्रिक, मूलधारमा देशलाई ल्याउने बताए ।
ओलीले देश असुरक्षित बनाउने र आतंक फैलाएर सत्तामा पुग्नेहरू किन नैसुरक्षा दिने नसकेको भन्दै प्रश्न गरे । उनले भने, ‘सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने यो त सरासर अन्याय हो ।’
