चुनावका लागि अर्थमन्त्रालयले निर्बाचन आयोगलाई ७ अर्ब ७२ करोड दियो

१८ असार, काठमाडौं । निर्बाचन आयोगलाई अर्थ मन्त्रालयले निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपयाँ दिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताएको छ ।

सरकारले चुनाव गर्न मिति घोषणा गरेपछि आयोग त्यसको तयारीमा जुटिसकेको छ ।

 

 

सेयर गर्नुहोस्