एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

असार १९, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शनिबार ३ बजे बस्ने भएको छ ।

संगठन निर्माणका बिषयलाई लिएर बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । पार्टीभित्रको अन्तर विरोधका कारण संगठनका गतिविधि रोकिएकोले त्यसलाई हल गर्न बैठक गर्न लागिएको हो ।

आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने बिषयमा केन्द्रीत हुनेछ । आगामी मङ्सिर २ देखि ६ मा  हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको एमाले स्रोतले जनायो ।

बैठकमा माधब नेपाल पक्षलाई पनि बोलाइएको छ । तर, नेपाल पक्ष बैठकमा नजाने निर्णय गरिसकेका छन् ।

 

 

 

 

सेयर गर्नुहोस्