राष्ट्रियसभा बैठक शुरु

असार २०, काठमाडौं । राष्ट्रियसभा आठौँ अधिवेशनको दोस्रो बैठक आज आइतबार सुरु भएको छ । आजको बैठकमा मुख्यतः तीनवटा बुँदामा राष्ट्रियसभाको कार्यसूची तय गरिएको छ ।

आजको कार्यसूची अनुसार सुरुमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा सदस्यको स्थान रिक्त भएको जानकारी गराउनेछन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट ’राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन’ सदनमा पेस हुनेछ ।

त्यसैगरि, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची छ । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले पनि आजै सम्बोधन गर्ने भएका छन् । आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरुले आफ्ना राय राख्नेछन् ।

 

 

सेयर गर्नुहोस्