निषेधाज्ञाको चौथो दिन मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्लीहरुमा भने पसलहरु खुला

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको चौथो दिन पुगेको छ । संक्रमणको जोखिम बढ्दै गएपति एक हप्ताकालागि जारी भएको निषेधाज्ञाको चौथो दिन पनि सडक सुनसान देखिएका छन । अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन । मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्लीहरुमा भने पसलहरु खुला रहेका छन । दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्रि क्षेत्रमा खुला रहेका हुन । प्रशासनले विहान ७ बजेटसम्म मात्रै पसल खोल्न भनेपनि त्यसको पालना हुन सकेको छैन ।

आज ऋणि पञ्चमीको दिन भएकाले विहान बागमती, विष्णुमति, मनोहरा लगायतका नदीहरुमा स्नानका लागि जानेहरुको भिड देखिएपनि प्रहरीले बाटोमै रोकेको छ । टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तरपनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपतयकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भर्चुअल माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने

Sun Aug 23 , 2020
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले गत ५ वर्षमा भए/गरेका काम र अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । सोमबारबाट तीन दिनसम्म चल्ने परिसंवादमा भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुर्नस्थापनामा प्राप्त गरेका अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्नेछ । भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, […]