आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमअघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आमनागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधापनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताएका हुन् ।
बीमाका विविध पक्षहरूका बारेमा आम नागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।
बीमा कम्पनीहरूले बीमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने कामपनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आमनागरिकलाई दुःखदिन नहुने धारणा राखे ।
नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बीमा प्राधिकरणका अध्यक्ष लगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्