एमाले अध्यक्ष ओलीद्धारा स्थायी कमिटी बैठक आह्वान

असार १३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे अघि नै बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसला लगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ । नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

साथै महाधिवेशन आयोजक कमिटीका नाममा पार्टी नेताहरुलाई गरेको कारवाहीलाई सर्वोच्चले समेत मान्यता दिन अस्वीकार गरेको छ । बैठकमा माधब नेपाल पक्षलाई बोलाईएको छैन । नेपाल पक्षले ओली पक्षको मात्र भेला भएको भन्दै आलोचना गर्दे आएको छ ।

 

 

सेयर गर्नुहोस्
  • 300
  •  
  •  
  •  
  •  
  •  
    300
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार यस्तो छ तरकारीको मुल्य

Sun Jun 27 , 2021
असार १३, काठमाण्डौ । आइतवार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा स्थिर छ । शनिबार प्रतिकेजी ३० रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य आइतवार पनि प्रतिकेजी ३० रुपैयामा कारोवार भइरहेको छ । आइतवार काउली (स्थानिय)को मुल्य २ रुपैयाले गिरावट भएको छ । शनिबार प्रतिकेजी ७७ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को […]