एकैदिन २१ शव नेपाल आइपुग्यो

असोज ३,काठमाडौं ।  मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

जनउद्धार केन्द्र मलेशियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । उहाँले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताउनुभयो ।

स्वयंसेवक रायमाझीले भन्नुभयो,‘२००२ मा उहाँ मलेशिया जानुभएको रहेछ, त्यसपछि उहाँ नेपालमा सम्पर्कबिहीन भएर बस्नुभएको रहेछ, उहाँ त्यहाँ इलीगल्ली बस्नुभयो, लगभग १९ वर्षसम्म बस्नुभयो, पछि छोराहरुसँग यहाँ सम्पर्क भएपछि टिकट काट्ने पैसासमेत छोराले दिएर यता ल्याने व्यवस्था गर्नुभएको रहेछ, त्यहाँबाट एयरपोर्ट आएपछि एयरपोर्टमै ढल्नुभएछ र पुलिसले काम गर्ने ठाउँमा लानु भनेपछि त्यहाँ जानुभयो, हस्पिटलमा बस्नुभयो, यो सम्पूर्ण काम मलेशियास्थित जनउद्धार केन्द्रले गर्यो, दुई तीन दिन हस्पिटलमा बसेपछि डेथ हुनुभयो, डेथ भइसकेपछि के गर्ने भन्ने कुरा आयो, त्यसपछि नेपालमा कान्छो छोराले मैले बुबालाई राम्रोसँग् देखेको छैन, म सानै हुँदा जानुभएको ल्याइदिनु म हेर्छु भनेपछि हामीले त्यो सबै खर्च व्यहोरेर नेपाल ल्याएका हौँ ।’

कानूनि र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

Sun Sep 19 , 2021
असोज ३,काठमाडौं ।  नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ । विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढीरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो […]