पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि , उडान अवरुद्ध
२०७९, १७ जेष्ठ मंगलवार ०९:३१
पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध भएको छ । हवाईजहाजमा तेल भर्न जादै गर्दा ट्यांकर पल्टिएको पोखरा विमानस्थलले जानकारी दिएको छ । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम गरिरहेको जनाएको छ ।